शितल छहारी नेपाल र लायन्स क्लबको सहयोगमा स्वाबलम्बी बहिरा विद्यालयमा न्यानो कपडा प्रकाशन
धादिङ । लाईन्स् क्लव अफ धादिङ भैरवी र शितल छहारी नेपालको सहयोगमा स्वाबलम्बी बहिरा आधारभुत विधालयका बिध्याथीहरूलाई जाडोको लागि न्यानो कपडा बितरण गरिएको छ ।नीलकन्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वाबलम्बी बहिरा आधारभुत बिधालयका बिध्याथीहरूलाई ३५ थान न्यानो कपडा वितरण गरेको शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो।
कार्यक्रमलार्इ सम्वोधन गर्दै पौष महिना भित्रमा स्थानिय वासिन्दा तथा स्वाबलम्बी बहिरा आधारभुत बिधालयका बिध्याथीहरूलाई लक्षित गरी बिशेषज्ञ डाक्टर सहितको टोलि द्धारा स्वास्थ्य उपचार गर्ने गरि स्वास्थ्य शिविरको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
बिध्यालयका अध्यक्ष रमेश दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शितल छहारी नेपाल तथा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल को बिशेष आतिथ्यता तथा नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी, लायन्स क्लव अफ धादिङ भैरवीका उपाध्यक्ष वालकृष्ण नेपाली , लायन्स क्लव अफ धादिङ भैरवीका द्धितिय उपाध्यक्ष बद्री अधिकारी, सदस्य नबराज भट्ट, शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल , प्र अ राम प्रसाद अधिकारी तथा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो शितल छहारी नेपाल र लायन्स क्लव अफ धादिङ भैरवीले यस अघि पनि स्वाबलम्बी बहिरा आधारभुत बिधालयलार्इ धारा सहितको पानीको जार, फिल्टर, स्टेशनरी सामाग्री, वासिङ मेसिन, स्कुटर लगायतको सामाग्री सहयोग प्रदान गरेको लायन्स क्लव अफ धादिङ भैरवीका उपाध्यक्ष बद्री अधिकारी ले त्रिकोण खवरलार्इ वताउनु भयो।





Source: https://trikonkhabar.com/2024/12/3462/